२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकारप्रति आक्रोशमात्रै पोखेर हुँदैन : मुख्यमन्त्री पौडेल


0
Shares

चितवन, असोज ८ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारप्रति आक्रोशमात्रै पोखेर नहुने भन्दै सबैले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार चितवन केरा उत्पादक संघको पाँचौं साधारणसभालाई सम्बोधन गर्दै उनले भने–‘जुनसुकै समस्यामा सरकारलाई मात्रै दोष दिएर आक्रोश पोख्न हुँदैन ।’

कतिपय समस्या प्राकृतिक हुने र त्यसलाई सरकारले रोक्न नसक्ने भन्दै मुख्यमन्त्री पौडेलले सरकारले नीति कार्यक्रम र योजनामा कृषि क्षेत्र र किसानको हितमा धेरै काम गरेको जानकारी दिए ।

कार्यक्रममा केराखेतीको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गरिएको थियो ।