२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


म्यान्चेस्टर सिटी र आर्सनल काराबाओ कपको पाँचौ चरणमा प्रवेश


0
Shares

काठमाडौं । शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी र आर्सनल काराबाओ कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको चौथो चरणको खेलमा म्यान्चेस्टर सिटीले प्रेस्टन नर्थ एण्डलाई उसैको मैदानमा ३–० ले हराउँदा आर्सनलले नटिङ्घम फरेष्टमाथि ५–० को जित निकाल्यो ।

उपाधि दावेदार टोटनह्याम हट्सपर भने चौथो चरणबाटै बाहिरिएको छ । टोटनहमलाई चौथो डिभिजनको कोल्चेस्टर युनाइटेडले टाइब्रेकरमा हराएको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा कोल्चेस्टर ४–३ ले विजयी भयो ।

लिग कप फुटबलकै अन्य खेलहरुमा लेष्टर सिटीले लुटन टाउनलाई ४–० ले हराउँदा साउथह्याम्पटनले पोर्ट्समाउथमाथि समान ४–० कै जित निकाल्यो ।

एभर्टनले शेफिल्ड वेनस्डेलाई २–० ले हराउँदा वाट्फोर्डले स्वान्सी सिटीमाथि २–१ को जित निकाल्यो ।