२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपाल यू–१८ साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो


0
Shares

काठमाडौं । दुई पटकको विजेता नेपाल काठमाडौंमा जारी तेस्रो संस्करणको १८ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेपछि नेपाल बाहिरिएको हो ।

सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा भुटानले माल्दिभ्समाथि कम्तीमा चार गोलको अन्तरले हराएको भए सेमिफाइनलमा पुग्ने अवसर खोजिरहेको नेपालले खेल बराबरी भएपछि निराश हुनु परेको हो । नेपाल यसअघिका दुवै संस्करणको विजेता हो ।

समूह चरणको पहिलो खेलमा माल्दिभ्ससंग १/१ गोलको बराबरी खेलेको नेपालले भुटानसंग ३/० को हार बेहोरेको थियो ।

नेपाल बाहिरिएपछि समूह ए बाट ४ अंकसहित भुटान समूह विजेता बन्दै तथा २ अंकबाट माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

नेपालले १ अंकमात्रै बटुल्यो । सेमिफाइनल समीकरण भने बुधबारमात्र पूरा हुनेछ ।

समूह बीबाट ४ अंकसहित बंगलादेश सेमिफाइनलमा पुग्दा बुधबार भारत र श्रीलंकाबीचको खेलबाट दोस्रो टिमको टुङ्गो लाग्नेछ ।

श्रीलंका पहिलो खेलमा बंगलादेशसंग पराजित भएको थियो भने भारतले बंगलादेशसंग बराबरी खेलेको थियो ।