Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


७ गते गुटको भेला हो, हामी जाँदैनौं– योगेश भट्टराई


0
Shares

काठमाडौं । नेकपा एमालेको असन्तुष्ट पक्षका प्रचार विभागका प्रमुख योगश भट्टराईले चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा नजाने बताउनुभएको छ ।

बिहीबार कार्यकर्ता भेला समापन पछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले ७ गते गुटको भेला भएकाले आफूहरू नजाने बताउनुभएको हो ।

‘केन्द्रीय कमिटीको बैठक सम्भव पनि छैन, त्यो गुटको भेला हो,’ उहाँले भन्नुभयो, ‘जसरी यो भेलामा केपी ओली आउनुभएन, त्यसरी नै त्यो बैठकमा हामी जाँदैनौं ।’

फागुन २८ गतेको निर्णय केपी ओली फिर्ता लिएको खण्डमा आफूहरुले सोच्न सक्ने भट्टराईको भनाइ छ ।