२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


थप १०७ संक्रमित, ५२ संक्रमणमुक्त, १ जनाको मृत्यु


0
Shares

काठमाडौं, चैत ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ६१० पुगेको छ ।

हाल देशभर १ हजार जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।