२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


थप ९४ संक्रमित, ५५ जना संक्रमणमुक्त


0
Shares

काठमाडौं, चैत ४ । नेपालमा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ८१ जनाको पीसीआर परीक्षण गराउँदा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ५५ जना संक्रमणमुक्त भएका छन् ।

योसहित संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ ।

हाल ९५४ जना सक्रिय संक्रमित छन् ।

बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।