Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


लकडाउनको बेला बढिरहेको रेमिट्यान्स घट्न थाल्यो


0
Shares

काठमाडौं । कोभिड १९ को उच्च जोखिम रहेका बेला पनि बढिरहेको रेमिट्यान्स पछिल्ला महिनामा भने घट्न थालेको छ ।

नेपालमा रेमिट्यान्स आउने प्रमुख राष्ट्र कोभिडबाट प्रभावित भएको समयमा नघटेको रेमिट्यान्स अवस्था समान्य हुँदा भने घट्नलाई अर्थपूर्ण रुपमा हेरिएको छ। स्वदेश तथा विदेशमा आर्थिक गतिविधिमा तीव्र सुधार भएका तथ्यांक सार्वजनिक भइरहेका छन् ।

यस्तो अवस्थामा पनि रेमिट्यान्स बढ्नुको साटो घट्नुले हुन्डीलगायत नेपालमा पैसा भित्रिने गैरकानुनी माध्यम सक्रिय भएको जानकारहरु बताउँछन् । लकडाउनको समयमा हिँडडुलमा पनि समस्या थियो, यसकारण हुन्डीलगायत अनौपचारिक माध्यम निष्क्रिय थिए ।

जसकारण लकडाउनमा पनि रेमिट्यान्स बढ्यो, स्रोतले भन्यो, अवस्था सामान्य भएसँगै फेरि ती माध्यमका गतिविधि बढेका छन् पछिल्ला दिनमा नेपाल भित्रिने नेपालीले नगद पैािको साटो जिन्सी ल्याउने प्रवृत्ति पनि बढेको छ । यसले पनि रेमिट्यान्स प्रभावित भएको स्रोतको दाबी छ । कान्तिपुर