२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


थपिए ७९ जना संक्रमित


0
Shares

काठमाडौं, चैत २ । नेपालमा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनाको नतिजा पोजिटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

हाल ८ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् ।