
विशाल नेम्वाङ (इमेज)
झापा, असोज ३ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा राजतन्त्र फर्किने सम्भावना सधैंका लागि समाप्त भएको बताएका छन् ।
सडकमा नाराबाजी गर्दैमा राजतन्त्र नफर्किने दाबी उनले गरे ।
संविधान दिवसका अवसरमा शुक्रबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान पूर्णरुपमा समावेशी र समानुपातिक भएको भन्दै आवश्यकतानुसार संविधान परिमार्जन गर्न सकिने स्पस्ट पारे ।
मन्त्री पोखरेलले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै नियन्त्रणका लागि प्रभावकारी कदम चालिने बताए ।
देशले विकासमा फड्को मारिसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्