२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संविधान कार्यान्वयनमा एकजुट हुन दलहरुलाई राष्ट्रपतिको आग्रह


0
Shares

काठमाडौं, असोज ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जारी गर्नेक्रममा जस्तै अब कार्यान्वयनमा पनि सबै दलहरु मिलेर यसलाई पूर्णता दिन आग्रह गरेकी छन् ।

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले सहिदका सपना साकार पार्न सबै पक्षको प्रयास अनिवार्य रहेको बताइन् ।

अधिनायकवाद लाद्न खोजियो : देउवा

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिगत स्वतन्त्रतालााई कुन्ठित पार्ने संविधान मान्न नसकिने बताए ।

स्वतन्त्र ढंगले बोल्न र लेख्न पनि बन्देज लाग्न थालेको भन्दै उनले संविधानको मूल भावना कुल्चँदै सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाए ।

‘आफ्नै मन्त्रीहरुप्रति पनि अविश्वास गर्ने प्रधानमन्त्रीले देशको विकास कसरी गर्नसक्छ ?’ भन्ने देउवाको प्रश्न थियो ।

शान्ति–प्रक्रिया स्थापित : नेम्वाङ

कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मुलुकमा शान्ति–प्रक्रिया स्थापित भइसकेको भन्दै अब राजनीतिक स्थीरता र शान्तिका लागि कसैले कहिल्यै प्रयास गर्न नपर्ने दाबी गरे ।

यसैगरी, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब विचलित नभइ जनताप्रतिको उत्तरदायित्व पूरा गर्नेतर्फ सरकार कटिबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता पूर्वप्रधानमन्त्री शुशील कोइरालालाई मरणेपरान्त सम्मान गरिएको थियो ।