
काठमाडौं, फागुन २७ । नेपालमा पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय ७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६६ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ७१ हजार १ सय १६ पुगेको छ ।
यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४८४ जनाको पिसिआर परिक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्