Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


दोषी केपी ओलीसँग सत्ता सहकार्य हुँदैन– मीन विश्वकर्मा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले दोषी केपी ओलीसँग सत्ता सहकार्य नहुने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता विश्वकर्माले ओलीले संविधान मास्ने काम गरेको भनेर अदालतले समेत दोषी ठहर गरिसकेको ओलीसँग सत्ता सहकार्य नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘संविधान उल्लंघन गर्ने, अलोकतान्त्रिक कदम चाल्ने र अदालतले समेत दोषी ठहर गरिसकेको केपी शर्मा ओलीसँग सत्ता सहकार्य हुँदैन ।’

कांग्रेसले देशलाई अन्यौलमा नपार्ने बताउँदै नेता विश्वकर्माले देशलाई अन्योलतबाट निकास दिनको लागि कांग्रेसले उचित समय उचित निर्णय लिने बताउनुभयो । उहाँले अहिलेकै परिस्थितिमा सरकार बन्ने भएमा नेकपा (एमाले)लाई साथ नदिने स्पस्ट पार्नुभएको छ ।