Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


अम्बानीको घर नजिक विस्फोटक पदार्थ भेटिएपछि महाराष्ट्रको राजनीतिमा हलचल


0
Shares

एजेन्सी । भारतका धनाढ्य मुकेश अम्बानीको घरको नजिक विस्फोटक पदार्थले भरिएको एसयुभीको मामलामा महाराष्ट्रको राजनीतिमा ठूलो हलचल मच्चिएको छ।

रिलायन्स इन्डस्ट्रीज (आरआईएल) का अध्यक्ष अम्बानीको घर नजिकै रहेको स्कर्पियोको मालिक मनसुख हिरेनसँग सोधपुछ गएिको थियो । तर, उनको शव शुक्रबार बिहान मुम्ब्रा खाडीमा फेला परेको थियो।

मनसुख हिरेनको मृत्युको मुद्दा महाराष्ट्र पुलिसले हत्याको रूपमा दर्ता गरेको थियो। पछि यो सम्पूर्ण घटनाको अनुसन्धान गर्ने जिम्मा महाराष्ट्र एन्टेर टेररिज्म स्क्वाड (एटीएस) लाई दिइएको थियो ।

सोमबार, केन्द्र सरकारले यो कुरा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) लाई हस्तान्तरण गर्‍यो। यस पछि मात्र, घटनामा राजनीति सुरु भयो ।

केही दिन अघि मुकेश अम्बानीको घर एन्टिलियाको छेउमा लवारिश एसयूवी भेटिएको थियो । जहाँ जिलेटिन स्टिकहरू भेटिएका थिए ।