२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


६६ जना कोरोना संक्रमित थपिए


0
Shares

काठमाडौं, फागुन २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ ।

हालसम्म ८२५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्ले २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७ जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्य काठमाडौंका २४, ललितपुरका २ र भक्तपुरका १ जनामा संक्रमण थपिएका छन् ।