Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


प्रधानमन्त्री बन्न लालाहित छैन– शेरबहादुर देउवा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको लागि लालाहित नभएको बताउनुभएको छ ।

शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताउनुभएको हो । ‘म प्रधानमन्त्रीको लागि लालाहित छैन, विनाकारण हल्ला चलाइयो,’ उहाँले भन्नुभयो, ‘तर, विपक्षी दलको नेता जहिले पनि वेटिङ प्राइमिनिस्टर हो ।’

आफूले प्रधानमन्त्री पद खान्छ भनेर रामचन्द्र पौडेल चिन्तित बनेको सभापति देउवाको भनाइ छ । सभामै रहेका पौडेलप्रति कटाक्ष गर्दै उहाँले भन्नुभयो, ‘रामचन्द्रजी १८ पटक प्रधानमन्त्रीको चुनाव हारेको मान्छे, उहाँलाई मैले प्रधानमन्त्री खान्छ भन्ने चिन्ता छ ।’

सभापति देउवाले भातृ संस्थाको चुनाव नहुनुमा आफ्नो मात्र दोष नरहेकाे बताउँदै पार्टीको महाधिवेशन सकेर मात्र भातृ संस्थाहरूको चुनाव हुने स्पस्ट पार्नुभयो । ‘नगरौं भनेको होइन, कोरोना आयो मैले के गरौं ?’ उहाँले भन्नुभयो ।