Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


फिनिस बेसबल विश्वकपमा नेपाली टोली सहभागी हुने


0
Shares

काठमाडौं । आगामी मंसिर १० देखि २४ गतेसम्म सञ्चालन हुने १० औं पेसापालो अर्थात फिनिस बेसबल विश्वकपमा नेपाली टोली सहभागी हुने भएको छ ।

भारतको पुनेमा सञ्चालन हुने विश्वकपमा नेपाली राष्ट्रिय टोलीसहित १२ वटा राष्ट्रले भाग लिने पेसापालो संगठनका अध्यक्ष पारसमणि दाहालले जानकारी दिए ।

पेसापालो विश्वकपका लागि छनोटमा परेका झापाका तीनसहित १४ जना खेलाडीलाई झापाको बाहुण्डागीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा आइतबारबाट बन्द प्रशिक्षणमा राखिएको छ ।

पेसापालो फिनल्यान्डको राष्ट्रिय खेल भएकाले नेपाली खेलाडीहरुलाई फिनल्याण्डका प्रशिक्षक मिक्कोले प्रशिक्षण दिइरहेका छन् ।

असोज ४ गतेसम्म चल्ने बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुमा विधान पोखरेल, ईश्वर जेसी, रुझन केसी, राजेश मैनाली, सुदिप भुर्तेल, लाक्पा सिंह (हेल्पो), राजु श्रेष्ठ, सङ्कल्प श्रेष्ठ, सविर श्रेष्ठ, अतीत खनाल, मुकुन्द पौडेल, सुजन उप्रेती, सक्रिय थापा मगर छनोट भएका छन् ।

गत वर्ष बंगलादेशमा भएको एसियन पेसापालो च्याम्पियन प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको थियो ।