१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


राजनीतिक हस्तक्षेपमुक्त संस्थाहरुलाई अनुदान : मुख्यमन्त्री गुरुङ


0
Shares

पोखरा, भदौ ३० । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक हस्तक्षेपबाट मुक्त संघ–संस्थाहरुमा राम्रो काम भइरहेको बताएका छन् ।

सहारा क्लबको ११औं अधिवेशनको सोमबार पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपालमा राजनीतिक भागबन्डाकै कारण धेरै संस्थाहरुमा अस्थिरता देखिएको भन्दै राजनीतिक हस्पक्षेपमुक्त संस्थाहरुले तुलानात्मकरुपमा राम्रो गरेको बताए ।

हिमालयन आँखा अस्पताल पोखरा, एसओएस बालग्राम पोखरा र सहारा क्लब पोखरा राम्रो काम गर्ने संस्थाहरु भएको उदाहरण दिँदै मुख्यमन्त्री गुरुङले यी संस्थाहरुलाई प्रदेश सरकारको तर्फबाट सहयोगसमेत गरेका छन् ।

उनले कार्यक्रममै हिमालयन आँखा अस्पताललाई ५० लाख, एसओएस बालग्रामलाई एक करोड रुपैयाँ सहयोग गरिएको जानकारी दिए ।

मुख्यमन्त्री गुरुङले सहारा एकेडेमीलाई पोखरामा रहेका २४ जना जुनियर खेलाडीको सहयोगार्थ लाग्ने वार्षिक खर्च २० देखि ३० लाख रुपैयाँ प्रदेशले व्यहोर्ने घोषणा पनि गरे ।

मुख्यमन्त्री गुरुङले राम्रो काम गर्ने संघ–संस्थालाई अनुदान दिने योजना प्रदेशको रहेको बताए ।