Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


छोरी जन्मनेबितिकै बैंक खातामा पैसा


0
Shares

काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाले चालु वर्ष जन्मिएका छोरीहरुको बैंक खाता खोली मासिक रकम जम्म्मा गर्न सुरु गरेको छ ।

छोरीलाई जन्मदेखि २० वर्षसम्म मासिक सय रुपैयाँ बैंक खातामा रकम जम्मा गरिदिने नीति छ । यो रकम उनीहरुले २० वर्षपछि एकमुष्ट बैकबाट निकाल्न पाउनेछन् ।

नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई स्मार्ट नगरका रुपमा विकास गर्ने उद्देश्यअनुरुप ‘स्मार्ट छोरी’ कार्यक्रम लागू गरिएको बताए ।

यससँगैं १२ जनाको खातामा पैसा जम्मा गरिएको छ । बालिका शिक्षा प्रवद्र्धन र बालविवाह न्युनिकरणका लागि यो कार्यक्रम लागू गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

छोरीहरुको सबलीकरणका लागि ‘स्मार्ट छोरी’ बिहेवारीको सशक्तिकरणका लागि ‘स्मार्ट छोरी’ बिहेवारी २० वर्ष पारि कार्यक्रमलाई अघि सारेको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बताएको छ । अन्नपूर्ण