Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


राजीनामा दिनुपर्ने ओली सत्ता लम्ब्याउन लागे–नेता पौडेल


0
Shares

काठमाडौं । दाहाल–नेपाल पक्षीय नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तुरुन्त राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

नेकपा जैमिनी नगरपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले संसद् पुनःस्थापनापछि ओली सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाउनुभयो । ‘प्रधानमन्त्री केपी ओलीले नीतिवान् भएर राजीनामा दिइ जनताका पक्षमा मार्गप्रशस्त गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

भेलामा पौडेलले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गर्दै परिवर्तनकारीहरूको पक्षमा सरकार बन्ने बताउनुभयो । ‘हामी परिवर्तनकारीहरूको पक्षमा छौं, आगामी सरकार परिवर्तनकामीहरूकै पक्षमा बन्नेछ’ उहाँले भन्नुभयो, ‘जनतासँग गरिएका वाचाहरू पूरा हुन्छ ।’

निर्वाचनका बेला जनतामाझ गरिएका वाचा प्रधानमन्त्री केपी ओलीकै कारण पूरा गर्न नसकेको पौडेलको भनाइ छ । ‘हामीले ओलीले गरेका कुनै पनि कामको विरोध गरेनौं, बालुवाटार जग्गा प्रकरण, भ्रष्टाचार, सुशासनलगायत विषयमा उहाँलाई अप्ठ्यारो हुन्छ भनेर बोलेनौं,’ उहाँले भन्नुभयो, ‘पछि काम गर्न दिइएन भनेर संसद् विघटन गर्नुभयो ।’