४ असार २०८२, बुधबार | Wed Jun 18 2025


च्याम्पियन्स लिगमा बार्यन म्यूनिखले लाजियोसँग भिड्दै


0
Shares

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मंगलबार साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले लाजियोसँग उसैको मैदानमा खेल्दैछ ।

बायर्न र लाजियोबीचको खेल राति १ः४५ बजे सुरु हुनेछ । तुलनात्मक रुपमा बायर्न बलियो टिमको रुपमा रहेको छ । रोममा घरेलु टिमविरुद्ध मैदान उत्रदा बार्यन पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

तर, घरेलु टिमविरुद्ध बायर्नलाई जित निकाल्न कठिन देखिएकोछ । लाजियोले च्याम्पियन्स लिगमा अहिलेसम्म जर्मन क्लबसँग हार व्यहोरेको छैन । त्यो इतिहासलाई लाजियो कायम राख्न चाहन्छ । च्याम्पियन्स लिगमा बायर्न पछिल्लो ५ अवे खेलमा अपराजित रहेको छ ।

यस्तै बार्यन लगातार १३ औं सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । लाजियो भने २१ वर्षपछि पहिलो पटक नकआउट चरणमा पुगेको हो ।