Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कटारीकी उपमेयरले आफूलाई गाडी किन्ने पैसाले एम्बुलेन्स किनिन्


0
Shares

काठमाडौं । सडकै नभएका ठाउँमा गाडी किन्ने जनप्रतिनिधिसमेत छन् र देशभर जनप्रतिनिधिमा गाडी मोह बढिरहेको बेला उदयपुरकी एक उपमेयरले भने फरक निर्णय लिएकी छिन् ।

कटारी नगरपालिकाकी उपमेयर भीमकुमारी राउतका लागि गाडी किन्न कार्यपालिकाले नगरसभामार्फत ४० लाख बजेट छुट्टयाएको थियो ।

त्यसमध्ये १२ लाखमा उनले एम्बुलेन्स किनेर नगरलाई बुझाइन् । बाँकी २८ लाख अति जरुरी कामम खर्चन फिर्ता दिइन् । उपमेयर राउत नगरपालिककै थोत्रा गाडी चढ्छिन् । त्यो बिग्रिरहन्छ । कतिपल्ट हिँडेर आउनुपर्छ । यो अवस्थालाई ध्यानमा राखेर नगरसभा गाडी किनिदिने निर्णयमा पुगेको थियो ।

कतिपयले बिरामीलाई अस्पतालसम्म लाने साधन पाउँदैनन् । अस्पतालसम्म लैजाने गाडीलाई पैसा तिर्न नसक्दा कतिपय घरमै अकालमा मृत्युवरण गर्न बाध्य हुन्छन्, उपमेयर राउतले भनिन्, यस्तो देखदादेख्दै विलासितामा रमाउन मैले सकिनँ । जनताको करबाट पहिला जनतालाई सुविधा दिन सकियोस् भन्ने लाग्छ । मलाई त भइरहेकै सवारी साधन मर्मतसम्भार गरेर प्रयोग गर्दा चलिहाल्छ ।

उक्त एम्बुलेन्स उनले कटारी अस्पतालका प्रमुख डा.राजकुमार गजमेर र व्यवस्थापन समितिका अधयक्ष कृष्णराज दनुवारलाई हस्तान्तरण गरिन् ।अन्नपूर्ण