Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


इलेक्ट्रिक स्कुटर रोज्नेका लागि अर्को विकल्प टेरा मोटर्सको इको स्कुटर


0
Shares

काठमाडौं । नेपाली बजारमा हाल टेरा मोटर्सको इको इलेक्ट्रिक स्कुटर उपलब्ध छ । नेपाली बजारमा सन् २०१६ को अन्त्य देखि नै उपलब्ध टेराका यी इलेक्ट्रिक स्कुटर विशेष गरी काठमाडौं उपत्यका वाहिर बढी गुडिरहेका पाइन्छन् ।

सो स्कुटरमा ७२ भोल्ट, ३२ एएचको लिड एसिड ब्याट्री रहेको छ । यसमा २ हजार वाटको मोटर छ । यसले फुल चार्जमा ७० देखि ८० किमी सम्मको रेन्ज दिन्छ । ७ देखि ८ घण्टा सम्म चार्ज गर्दा यो फुल चार्ज हुन्छ । सामान्य स्मार्टफोन चार्ज गरे जसरी स्कुटर चार्ज गर्न सकिन्छ ।

१५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको सो स्कुटरलाई थ्री स्पिडमा चलाउन सकिन्छ । यसमा २ हजार वाट सम्मको क्षमता भएकाले काठमाडौं उपत्यकाका कुनै पनि पहाडमा लैजान सकिने कम्पनीको भनाइ छ । यसको टप स्पिड ६० किमी प्रतिघण्टा सम्म छ ।

नेपाली बजारमा फेयर अटोले टेरा मोटर्सका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको छ । यसका इलेक्ट्रिक पार्ट्समा १ वर्षको वारेन्टी उपलब्ध छ । त्यसैगरी ब्याट्रीमा १२ महिनाको वारेन्टी उपलब्ध छ ।

स्कुटरको सर्भिसिङमा भने लाइफ टाइम वारेन्टी छ । टेरा इको इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।नेपाल अटो