Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नेपालद्वारा किर्गिस्तान पराजित, ८–२ को फराकिलो जितमा सावित्रा भण्डारीको चार गोल


0
Shares

काठमाडौं, भदौ २२ । किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबलमा नेपाली महिला टिमले शानदार सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८–२ को फराकिलो अन्तरले हराएको हो । नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन् ।

यस्तै अनिता बस्नेतले दुई तथा दिपा राई र कप्तान निरु थापाले एक–एक गोल गरिन् ।

आइतबार नै भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० ले पराजित गरेको छ । नेपाल ३ अंकबाट तालिकाको दोस्रो स्थानमा रहेको छ । उज्वेकिस्तान पहिलो स्थानमा छ ।

राउण्ड रोबिन लिगको आधारमा जारी चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानसँग खेल्नेछ ।