Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


सेरेनालाई हराउँदै एन्ड्रेस्क्यूले जितिन युएस ओपन टेनिसको उपाधि


0
Shares

काठमाडौं । क्यानाडाकी टिनएजर बियान्का एन्ड्रेस्क्यूले यस वर्षको युएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा घरेलु खेलाडी सेरेना विलियम्सलाई २–० को सोझो सेटमा हराउँदै एन्ड्रेस्क्युले उपाधि जितेकी हुन् । 

सेरेनाविरुद्धको खेल एन्ड्रेस्कयूले ६–२ र ७–५ को सोझो सेटमा जितिन् । जितसँगै एन्ड्रेस्क्यूले करियरमा पहिलो ग्रान्ड स्लाम उपाधि हात पार्दा पराजित खेलाडी सेरेनाको भने किर्तिमानी २४ पटक ग्रान्ड स्लाम जित्ने सपना फेरी एकपटक टुटेको छ ।

युएस ओपन टेनिसको पुरुषतर्फ स्पेनका रफायल नदाल र रुसका डानिल मेदभेदेव उपाधिका लागि भिड्नेछन् ।