Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सञ्चार गृहमा कार्यरत अन्य कर्मचारीलाई खोपको व्यवस्था मिलाईदिन मिडिया एलाईन्सको माग


0
Shares

काठमाडौं, माघ ३० । कोभीड –१९ महामारीका समयमा उच्च जोखीमका साथ फ्रन्टलाईनमा रहेका समाचार संकलन, सम्प्रेषण कार्यमा संलग्न पत्रकारहरुलाई प्राथमिकतामा राखि खोप व्यवस्थापन गरेकोमा नेपाल सरकारप्रति मिडिया एलाईन्स नेपालले शुक्रबार विज्ञप्ती मार्फत आभार व्यक्त गरेको छ ।

महामारीको जोखिमका वावाजुद समाचार संकलन, सम्प्रेषणमा संलग्न रहि जनताको सूशुचित हुने अधिकारको रक्षामा अनवरत खटिने सञ्चार क्षेत्रमा पत्रकार तथा कर्मचारीप्रति एलाईन्स आभार व्यक्त गर्दे नेपाल सरकारले देखाएको सम्मान र दिएको प्राथमिकता आगमी दिनमा पनि कायम रहने विश्वास गरेको छ ।

साथै सञ्चार गृहमा कार्यरत अन्य कामदार तथा कर्मचारीहरु समेत उत्तिकै जोखिममा काम गर्नु पर्ने भएकोले खोपको व्यवस्था मिलाईदिन नेपाल सरकारप्रति एलाईन्स माग गरेको छ ।

नेपालमा कोभीड–१९ को खोप उपलव्ध गराई नेपाल र नेपाली जनताको ज्यान वचाउने कार्यमा तदारुकता देखाउने भारत सरकारप्रति पनि मिडिया एलाईन्स आभार व्यक्त गर्दे भविश्यमापनि यस प्रकारको सहयोग निरन्तर रहने विश्वास गरेको छ ।