
एजेन्सी । भारतको तमिलनाडुस्थित पटाका उद्योगमा आगलागीपछि विस्फोट हुँदा ११ कामदारको मृत्यु भएको छ ।
विरुधुनगर जिल्लाको निजी पटाका उद्योगमा विस्फोट हुँदा अन्य ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
साथै उहाँले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २–२ लाख र घाइते परिवारलाई ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्