
काठमाडौं, माघ २७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्