१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


६ महिनामा वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि


0
Shares

काठमाडौं, माघ २६ । चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु निर्यात ६ दशमलव १ प्रतिशतले वृद्धि भएर ६० अर्ब ८० कारोड पुगेको छ ।

अघिल्लो वर्षको सोहि अवधिमा यस्तो निर्यात २६ प्रतिशतले वृद्धि भएको थियो ।

वस्तुगत आधारमा अलैची धागो जुटका सामान, पस्मिना चाउचाउ लगायतका वस्तुको निर्यात बढ्दा पाम तेल, दाल जस्तापाता, जुस लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मुद्रीस्फीति ३ दशमलव ५६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्ष यसै अवधिमा ६ दशमलव ८२ प्रतिशत थियो ।

समिक्षा अवधिमा काठमाडांै उपत्यकामा ३.५५ प्रतिशत तराईमा २ दशमलव ८७ प्रतिशत, पहाडमा ४ दशमलव ४२ प्रतिशत र हिमालमा ३ दशमलव ३८ प्रतिशत रहेको नेपाल राष्ट्रबैकले जनाएको छ ।

समिक्षा अवधिमा खुद सेवा २५ अर्ब ६७ करोड घाटामा छ ।

गत वर्ष सोहि अवधिमा ३ अर्ब ७३ करोड घाटामा थियो ।

चालु वर्षको ६ महिनाको अवधिमा विप्रेशण आप्रवाह ११ दशमल १ प्रतिशतले बृद्धि भई ४ खर्ब ९५ अर्ब ३१ करोड पुगेको छ भने समिक्षा अवधिमा चालु खाता ४९ अर्ब ५३ करोडले घाटामा छ ।

गत वर्ष सोहि अवधिमा ७९ अर्ब ६५ करोड घाटामा थियो ।