२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बालविवाह रोक्न जुटे मुसहर समुदायमा कोशोरीहरु


0
Shares

काठमाडौं । आरती सदा १६ वर्षकी भइन् । मुसहर समुदायमा यतिको उमेरमा छोरीह्रुको बिहेवारी भएर बालबच्चा पनि भइसक्छन् ।

तर, आरती अविवाहित छिन् उनको बिहेका लागि परिवारमा कुरा नभएको होइन । पछिल्लो दुई वर्षदेखि आमाबुवाले बिहे गराउन प्रयास गरिरहेका छन् ।

गत वर्ष त केटा खोजेर ल्याइसकेका थिए । तर, आफु यति सानो उमेरमा बिहे नगर्ने भन्दै विरोधमा उत्रिएकी थिइन्, आरती ।

धनुषको क्षिरेश्वरनाथ नगरपालिका इमली टोलकी आरती विद्यालय गएकी छैनन् । यो समुदायमा छोरीलाई पढाउने चलन छैन ।

तर, केही संघसंस्थाले बेला बेला टोलमा जनचेतनामूलक कार्यक्रम गर्दा उनले २० वर्षपछि मात्रै बिहे गर्नुपर्छ भनेर थाहा पाएकी हुन् । अन्नपूर्ण