२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


थप ११९ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु


0
Shares

काठमाडौं, माघ २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११९ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।

गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।

हाल देशभर १ हजार ८१५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार २५१ पीसीआर परीक्षण भएको छ ।