Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


फेडेरर क्वार्टरफाइनलबाटै बाहिरिए


0
Shares

काठमाडौं, भदौ १८ । स्वीस टेनिस खेलाडी रोजर फेडेरर युएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएका छन् ।

अमेरिकाको न्यूयोर्कमा बुधबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभसित ३–२ ले पराजित हुँदै पाँचपटकका च्याम्पियन फेडेरर क्वार्टरफाइनलबाटै बाहिरिएका हुन् ।

न्यूयोर्कमा ७८औं वरीयता पाएका दिमित्रोभले तेस्रो वरीयताका फेडेररलाई ३–६, ६–४, ३–६, ६–४ र ६–२ को सेटमा पराजित गरे ।

योसँगै फेडेररको २१ पटक ग्रान्डस्लाम जित्ने सपना अधूरै रह्यो ।

दिमित्रोभले भने अब फाइनल प्रवेशका लागि रुसी खेलाडी डानिल मेदभेदेभसँग खेल्नेछन् ।