Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


पढ्नेसँग बढी शुल्क, पढाउनेलाई तलब छैन


0
Shares

काठमाडौं । विद्यार्थीबाट अतिरिक्त शुल्क लिदै आएको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेजले प्राध्यापक (फ्याकल्टी) हरुलाई भने न्यूनतम तलब पनि दिएको छैन ।

वैशाखदेखि पारिश्रमिक नपाएपछि त्यहाँ कार्यरत प्राध्यापकहरु आन्दोलनमा छन् । गत पुस १३ देखि आफूहरु कलेज जान छाडेको डा. प्रणित पोखरेलले जानकारी दिए ।

वैशाखदेखि नै अनलाइन कक्षा सञ्चालन गरे पनि कलेजले न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको प्राध्यापकहरुले गुनासो गरे । १८ प्राध्यापक कलेज नगएपछि पठनपाठन प्रभावित बनेको विद्यार्थीहरुले बताए ।

‘चैतदेखि लकडाउन भयो, वैशाखदेखि अनलाइन कक्षा लिएका थियौं,’ पोखरेलले भने, ‘पुसमा तलब पठायो तर आफ्नै हिसाबकिताबले कलेज गएको दिन गन्ती गरेर गरेर ज्यालादारीका आधारमा तलब दिइयो ।’

अनलाइनबाट पठनपाठन गराउँदा कलेजले तलब सुविधा दिन कन्जुस्याइँ गरेको उनीहरुको भनाइ छ । कान्तिपुर