Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


राजनीतिक स्थायित्वको निम्ति प्रतिनिधिसभा विघटन गरेको हो : गृहमन्त्री थापा


0
Shares

काठमाडौं, माघ २१ । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्वको निम्ति प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ ।

नेकपाको ओली पक्षधर अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा राजनीतिक स्थायित्व कायम गरि कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न जनतामा जाने निर्णय गरिएको बताउनुभयो ।

विघटित प्रतिनिधिसभाले स्थायित्व दिन नसक्ने र त्यसको राजनीतिक औचित्य सिद्धिएका कारण प्रतिनिधिसभा विघटन गरिएको भन्दै गृहमन्त्री थापाले पुनःस्थापनाले समस्याको हल नगर्ने ठोकुवा गर्नुभयो ।

संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार दिएको भन्दै विघटनको कदम संवैधानिक रहेको उहाँको भनाइ थियो ।

गृहमन्त्री थापाले निर्वाचन आयोगले अध्यक्ष र महासचिव रहेको पार्टी नै वैधानिक भनेकाले आधिकारिताको विषय टुंगिएका जिकिर गर्नुभयो ।