काठमाडौं, भदौ १७ । फुटबल खेलाडी किनबेचको युरोपेली सिजन सकिएको छ ।
युरोपका फुटबल क्लबहरुले खेलाडी किनबेच गर्ने ‘ट्रान्सफर विन्डो’ सोमबार राति १२ बजेबाट सकिएको हो ।
क्लब परिवर्तन
यो सिजनको ट्रान्सफर विन्डोको अन्तिम दिन केही महत्वपूर्ण खेलाडीहरुले क्लब परिवर्तन गरेका छन् ।
इटालियन क्लब इन्टर मिलानका अर्जेन्टाइनी स्ट्राइकर मौरो इकार्दी फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका छन् ।
यसैगरी, पीएसजीले स्पेनिस क्लब रियाल मड्रिडबाट कोस्टारिकाका गोलकिपर केलर नाभासलाई पनि टोलीमा भित्र्याएको छ ।
यसैगरी, आर्सनलका खेलाडी हेन्रिक मख्तरियान इटालियन क्लब एएस रोमा पुगेका छन् ।
रोमाले अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इंग्लिस डिफेन्डर क्रिस स्मलिङलाई पनि टोलीमा अनुबन्ध गरेको छ ।
ट्रान्सफर विन्डोको अन्तिम दिन वेस्टह्याम युनाइटेडका मेक्सिकन खेलाडी हेभियर हर्नान्डेज स्पेनिस क्लब सेभिया पुगेका छन् ।
म्यानचेस्टर युनाइटेडका इटालियन खेलाडी माटियो डार्मियान इटालीकै पार्मा पुगेका छन् ।
इंग्ल्यान्डमा खेलाडी किनबेचको समय गत अगस्ट ८ तारिखमै सकिएपनि युरोपका अरु देशहरुमा भने सोमबार रातिमात्रै ट्रान्सफर विन्डो बन्द भएको हो ।








प्रतिक्रिया दिनुहोस्