
काठमाडौं, माघ १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितिको कुल संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २८८ संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्