Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


महिलाले १० वर्षसम्म आमाको शव घरमै राखिन्


0
Shares

काठमाडौं । जापानको टोकियोमा एक महिलाले आफ्नी आमाको शव १० वर्षदेखि लुकाएर राखेको पत्ता लागेको छ । जापानी प्रहरीले महिलाको गिरफतार समेत गरेको छ । ४८ वर्षीय युमि योशिनोले आफ्नो आमाको मृत्यु भएपछि १० वर्षदेखि लुकाएर राखेकी थिइन् ।

उनले मानिसहरुले आमा मरेको खबर थाहा पाएपछि घरबाट निकाल्छन् भन्ने डरले यस्तो गरेको बताएकी छिन् । विदेशी सञ्चारमाध्यमले जनाए अनुसार महिलाले १० वर्षदेखि शव लुकाउन सक्नुको कारण उनकी आमा घर छाडेर कतै जादिनथिन ।

उनले भनिन, ‘आमाको मृत्यु भएको खबर बाहिरी मानिसलाई थाहा भए मलाई घरबाट निकाल्छन भन्ने डर थियो किनभने घर म्युनिसिपल हाउजिंग कम्प्लेक्समा उसनकी आमाको नामबाट लिजमा लिइएको थियो ।’ समाचारमा जनाइए अनुसार उनकी आमाको मृत्यु हुँदा ६० वर्षकी थिइन् ।

योशिनालाई जनवरीमा घरको भाडा दिन या घर खाली गर्न भनिएको थियो । यसै समयमा सफाइ गर्ने एक व्यक्तिले फ्रिजबाट मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जुन शव उनकी आमाको थियो र योशिनोले नै राखेकी थिइन् ।

शव बरामद गरेपछि पोष्टमार्टमका लागि पठाइएको छ तर अहिलेसम्म महिलाको मृत्यु के कारण भयो पत्ता लागेको छैन् । एजेन्सी

Skip This