काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा बार्सिलोनालाई यसै सिजन शीर्ष डिभिजनमा फर्किएको ओसासुनाले २–२ गोलको बराबरीमा रोकेको हो ।
ओसासुनाको मैदानमा भएको खेलमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकिन बाध्य भयो ।
नियमित कप्तान लियोनल मेस्सीबिना मैदानमा उत्रिएको बार्सिलोनाका लागि अन्सु फाती र अर्थरले एक एक गोल गरे ।
अफ्रिकी मुलुक गिनीका १६ वर्षीय खेलाडी फातुले व्यावसायीक फुटबलको डेब्यु खेलमै बार्साका लागि गोल गरेका हुन् ।
तर ओसासुनाका रोबर्टो टोरेसले दुई गोल गर्दै बार्सीलेनासँग अंक खोसे ।
ला लिगा फुटबलकै अन्य खेलहरुमा रियाल बेटिसले लेगानेजलाई २–१ ले हराउँदा लेभान्तेले रियाल भालाडोलिडमाथि २–० को जित निकालेको छ ।
ला लिगा फुटबलमा आज रियाल मड्रिडले भियारियालसँग खेल्दा एथ्लेटिको मड्रिड र आइबार भिड्नेछन् ।








प्रतिक्रिया दिनुहोस्