Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


संवैधानिक अंगहरुमा नियुक्तिको सिफारिस गरेको ४५ दिन पूरा, नियुक्ति भने अन्योल


0
Shares

काठमाडौं । अख्तियार लगायतका संवैधानिक अंगहरुमा नियुिक्तका लागि संवैधानिक परिषद्ले गरेको सिफारिसको आज ४५ दिन पुगेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि सोही दिन संवैधानिक परिषद्को बैठक बसेको थियो ।

संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीको उपस्थितीमा अन्य दुई सदस्य सहभागि भए बैठकका लागि कोरम पुग्ने व्यवस्था अध्यादेशले गरेपछि परिषद्को बैठक बसेको हो ।

बैठकले अख्तियार दुरुपयोग अनूसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम कुमार राईको नाम सिफारिस गरेको थियो । यसैगरि अख्तियारको आयुक्तमा जयबहादुर चन्द पनि सिफारिस हुनुभएको छ । चन्द कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्छ ।

यस्तै राष्ट्रिय मानवअधिकार आयोगको प्रमुखमा मीनबहादुर रायमाझीको नाम सिफारिस गरिएको छ । संवैधानिक परिषद्ले सिफारिस गरेका नामहरु संसदिय समितिले अनुमोदन गरेपछि नियुक्ती हुने व्यवस्था छ ।

तर प्रतिनिधिसभा विघटन भएको अवस्थामा संसदिय समिति समेत नरहेकोले यी सिफारिसहरुमा सुनुवाई हुन सकेको छैन । सिफारिसमा ४५ दिनभित्र सुनवाई नभए स्वत नियुक्ती हुने संवैधानिक व्यवस्था छ ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधनका लागि जारी भएको अध्यादेशको विरोधमा कानुन व्यवासायीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । तर ती रिटहरुमा सुनुवाई हुन सकेको छैन ।