काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
आज बिहान देउवा निवास बूढानीलकण्ठ पुगेर मन्त्री भट्टराईले देउवासंग भेट गरेका हुन ।
मन्त्री भट्टराई आफुले सम्हालेको मन्त्रालयको योजना सुनाउन र आवश्यक सल्लाह लिन पुग्न देउवा निवास पुगेका हुन् ।
भेटपछि उनलेआफूले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० काबारे कांग्रेस सभापति देउवालाई जानकारी गराएको बताए ।
सभापति देउवाले मन्त्रालयका काम र भ्रमण वर्ष २०२० कोबारे अभिरुचीका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव समेत दिएको भट्टराईले बताए ।
सत्ता र प्रतिपक्षबीच विकास निर्माणलगायत जनचासोका विषयमा आवश्यक छलफल र सहकार्यको संस्कार घट्दै गएको भएको यो भेटलाई अर्थपूर्णमा लिइएको छ । नेकपा युवा नेता भट्टराई केही समयअघि मात्र मन्त्री नियुक्त भएका हुन ।









प्रतिक्रिया दिनुहोस्