२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


२८३ जना संक्रमित थपिए


0
Shares

काठमाडौं, माघ १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८३ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८२ जनाको पीसीआर परीक्षण भएको हो ।

पछिल्लो २४ घण्टामा २४६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या कुल संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।