५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


२५० रोपनीमा लगाइएको अवैध गाँजाखेती प्रहरीद्वारा नस्ट


0
Shares

धादिङ, भदौ १२ । धादिङको दक्षिणी भेगमा २५० रोपनीमा लगाइएको अवैध गाँजाखेती प्रहरीले नस्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले गजुरी गाउँपालिका वडा नम्बर–४, गैरीगाउँमा लगाइएको गाँजा नस्ट गरेका हुन् ।

अवैधरुपमा खेती गरिएको गाँजा नस्ट गर्ने अभियानमा प्रहरीले २५० भन्दा बढी रोपनीमा लगाइएको गाँजा फडानी गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

मकवानपुरसँग सिमाना जोडिएको क्षेत्रहरुका स्थानीयले बाली तथा पाखामा व्यावसायिकरुपमा अवैध गाँजाखेती गर्दै आएका छन् ।