५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


बुटवल मालपोतका खरिदार र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ


0
Shares

बुटवल, भदौ १२ । मालपोत कार्यालय बुटवलका खरिदार र एकजना लेखापढी व्यवसायीलाई घुस रकमसहित बिहीबार पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा कार्यालयका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे छन् ।

उनीहरु दुवैजनालाई जग्गा नामसारी र लालपुर्जाको काम गरिदिने भन्दै सेवाग्राहीसित लिएको नगद एक लाख २० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले पक्राउ गरेको जनाइएको छ ।

उनीहरुलाई मालपोत कार्यालय बुटवल अगाडि रहेको ‘ढकाल–पाण्डे लेखापढी सेवा’को कार्यालयबाट नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।