५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


बौद्धबाट ८३ किलो रक्तचन्दनसहित दुईजना समातिए


0
Shares

काठमाडौं, भदौ १२ । बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुईजनालाई पक्राउ गरेको छ ।

घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

महानगरीय प्रहरी वृत्त बौद्ध र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को संयुक्त टोलीले च्याङ्बा लामाको घरमा राखिएको उक्त रक्तचन्दन बरामद गरिएको हो ।

उक्त रक्तचन्दन कसको हो र कसले ल्यायो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

रक्तचन्दनसहित पक्राउ परेका उनीहरुलाई जिल्ला वन कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस