
काठमाडौं, माघ १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ५८ जनाको पीसीआर परीक्षण भएको हो ।
गत २४ घण्टामा ४०१ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०११ पुगेको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा १५४ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १३३, ललितपुरमा १३ र भक्तपुरमा ८ जना संक्रमित थपिए ।
प्रतिक्रिया दिनुहोस्