भक्तपुर, भदौ ११ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ वर्षसम्म पनि संघीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा जटिलता देखिएको बताएका छन् ।
बुधबार भक्तपुरको रफत सन्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री शाहीले मुलुक संघीयतामा प्रवेश गरेको डेढ वर्षसम्म पनि संघीय कानुनले पूर्णता नपाउँदा संवैधानिक प्रश्न उब्जिएकाले संघ, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको बताए ।
उनले देशको परिवर्तनलाई आत्मसात गर्न नसक्ने तत्वहरुले अहिले असहज अवस्था सिर्जना गरी विकास र समृद्धिलाई रोक्दै राष्ट्रियतामाथि चुनौती खडा गर्न लागिपरेको बताए ।
उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध जायज भएको दाबी गरे ।
विगतको एकात्मक सोचका समयमा पड्किएका बम र बन्दुकका अर्थ रहेपनि हाल देश संघीयतामा प्रवेश गरेकाले चन्दले लिएको बाटो गलत भएको उनको भनाइ थियो ।
वार्तामार्फत् नै अहिलेको समस्या समाधान गर्न सकिने मुख्यमन्त्री शाहीले बताए ।




प्रतिक्रिया दिनुहोस्