 
	    धादिङ, भदौ १० । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयतालाई स्थायित्व दिन स्थानीय सरकार बलियो हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार जिल्ला समन्वय समिति धादिङको तेस्रो जिल्ला सभामा बोल्दै मुख्यमन्त्री पौडेलले संघीयतामा काम गर्न चुनौती र अवसर दुवै रहेकाले संघीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताए ।
स्थानीय सरकारले जनमुखी काम गर्न नसकिरहेकोतर्फ सचेत गराउँदै उनले ‘एक पालिका एक उत्पादन’लाइ विशेष योजना बनाएर अघि बढे प्रदेश सरकारले साथ दिने बताए ।
११९ ओटा स्थानीय तह रहेको प्रदेशमा ५ प्रतिशत स्थानीय तहलेमात्रै आफ्ना कानुनहरु बनाएर प्रदेशलाइ बुझाएको भन्दै उनले आगामी दिनमा स्थानीय कानुन, गाउँसभा तथा नीति–कार्यक्रमहरु नबनाउने स्थानीय तहलाई केन्द्र सरकार र प्रदेश सरकारले प्रदान गर्ने अनुदानहरु उपलब्ध नगराउने बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्