
काठमाडौं, भदौ ८ । नक्कली कागजात बनाएर कुवेतमा रोजगारका लागि पठाउन लागिएकी एक नेपाली युवतीलाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।
काठमाडौंको नयाँ बजारमा गार्मेन्टमा काम गर्दै आएकी रसुवा घर भएकी २० बर्षीया युवतीलाई एजेन्टले मासिक ३५ हजार तलब दिने प्रलोभन दिएर कुवेत पठाउदै गर्दा नियन्त्रणमा लिइएको हो । चिनजानै नभएको ब्यक्तिसँग फोनमा कुरा गरेको भरमा ती युवतीलाई कुवेत पठाउन लागिएकोमा उनी दिल्ली प्रहरीको फन्दामा परेकी हुन् ।
उनले आफू ब्यक्तिगत रुपमा घरेलु कामदारको रुपमा जान लागेको बेला पक्राउ परेको भन्दै अन्य महिलाहरुलाई पनि दलालको प्रलोभनमा नफस्न आग्रह गरेकी छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गोविन्द थपलियाले भने युवतीले नक्कली कागजात बनाई दिल्ली हुँदै कुवेत जान लागेको अवस्थामा पक्राउ परेको र यसमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने बताए ।
ब्युरोमा दैनिकजसो यस्ता घटनाको उजुरी पर्ने क्रम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्