 
	    काठमाडौं, भदौ ८ । राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबीच आज बिहान भेटवार्ता भएको हो ।
भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला पार्टीको कार्यकारी जिम्मेवारी सम्हालेका अध्यक्ष दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएसँगै नेकपामा अर्का अध्यक्ष दाहालको सक्रियता बढेको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्