२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नागढुंगा सुरुङमार्ग: काठमाडौं तर्फबाट आजदेखि खन्ने


0
Shares

काठमाडौं । थानकोट–नागढुंगा सिस्नेखोला सुरुङमार्गको काठमाडौँ तर्फबाट सुरुङ खन्ने काम आजदेखि सुरु हुँदैछ । यसअघि धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा विशेष पूजाआजा गरी आजदेखि सुरुङ खन्ने तयारी गरेका हुन् । सुरुङ खन्न आज सुरुङको मुखमा स्टिलको ढोका स्टिल रिब्स राखिंदैछ ।

यसअघि धादिङतर्फको सुरुङ खन्ने काम पुस ८ गते सुरु भएको थियो । धादिङतर्फको सुरुङ २३ मिटर खनिएको छ । काठमाडाँैतर्फको सुरुङमार्गको मुख चन्द्रागिरि नगरपालिकाको टुटीपाखामा पर्छ भने धादिङतर्फको मुख धुनीबँेंसी नगरपालिकाको सिस्नेखोलामा रहेको छ ।

कोरोना भाइरसको महामारी तथा स्थानीयवासीको अवरोधका कारण निर्धारित कार्यतालिकाभन्दा ढिलो सुरु भएको थानकोट–नागढुंंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणले अब भने गति लिने बिश्वास गरिएको छ ।