Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


बारामा २० हेक्टर क्षेत्रफलमा वृक्षरोपण


0
Shares

बारा, भदौ ७ । प्रदेश नम्बर–२ सरकारको हरित अभियानअन्तर्गत् बारामा करिब २० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ ।

बाराको कोल्हबी नगरपालिकाका वडा नम्बर–३, जुगुवा र वडा नम्बर–५ को बोधवन क्षेत्रमा वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण कार्यक्रममा प्रदेश–२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल सहभागी थिए ।

उनले प्रत्येक जिल्लामा २० हेक्टरका दरले वृक्षरोपण गर्ने लक्ष्यअनुरुप शनिबारदेखि प्रदेश–२ का ८ ओटै जिल्लामा कार्यक्रमको सुरुआत गरेको जानकारी दिए ।

मन्त्री सोनलले चुरेको संरक्षणबिना तराईको भू–भाग सुरक्षित नरहेको भन्दै सर्वप्रथम चुरे संरक्षणमा ध्यान दिन जरुरी रहेको बताए ।